सहरी विकासका लागि एडीबीले १५ अर्ब ४० करोड ऋण सहयोग गर्ने

काठमाडौं, मंसिर ११ ।
एशियाली विकास बैंकले विभिन्न आठ वटा नगरपालिकाको सहरी विकासका लागि १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता गर्ने भएको छ ।
अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र एशियाली विकास बैंकका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

विरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भिमदत्त, धनगढी , गोदावरी र शुक्लाफाँट नगरपालिकाको सहरी विकासका लागि एशियाली विकास बैंकले ऋण सहायता उपलब्ध गराउन लागेको हो।

एशियाली विकास बैंकले उपलब्ध गराउने ऋण सहायता रकमको आठ वर्षसम्म सयकडा १ प्रतिशत र त्यसपछि १ दशमलव ५ प्रतिशत व्याज नेपालले तिर्नुपर्ने छ। मुख्यगरी, यो आयोजना लागू हुने नगरपालिकाहरूमा आवश्यकता अनुसार बाढी नियन्त्रण र रोकथामका संरचना, २ सय किलोमिटर बढी ढल निकास, २ सय ४० किलोमिटर सडक निर्माण, ४० किलोमिटर फुटपाथ, ४ वटा ल्याण्डफिल्ड साईट बन्ने अर्थ सचिव शंकर प्रसार अधिकारीले जानकारी दिए।

दिगो सहरी विकासका लागि उपलब्ध गराउने भनिएको ऋण सहायताले नगरपालिकाको क्षमता अभिवृद्धि र जलवायु परिर्वतनसँग अनूकुल हुने कार्यक्रम समेत गरिने छ । यो आयोजना सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा रहेर ३१ डिसेम्बर २०२२ भित्र सम्पन्न गरिने सम्झौतापत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *