२ सय १२ किलो प्रतिबन्धित जडिबुटी सहित एकजना पक्राउ

अछाम, ११,मंसिर – प्रतिबन्धित जडिबुटी सहित एक व्यक्तिलाई अछाममा पक्राउ गरिएको छ  । ‘विषमजरा’ नामक प्रतिबन्धित जडिबुटी जिल्लाको  रामारोशनबाट अवैध रुपमा संकलन गरी ओसारपसार गरिरहेका पञ्चदेवल विनायक नगरपालिका–४ का ३७ वर्षिया कम्मान सिंह विष्टलाई  पक्राउ गरिएको हो  ।

 रामारोशन गाउँपालिका–५, रामारोशनको जलथल गडा भन्ने ठाउँमा इलाका वन कार्यालय शान्तडाका वन कर्मचारीको गस्तीका क्रममा विस्टलाई  पक्राउ गरेको  जनाइएको छ ।

करिव २ सय १२ किलो विषमजरा जडिबुटी ओसारपसार गरिरहेको फेला पारेपछि वन कर्मचारीले प्रहरीको सहयोगमा विष्टलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीका लागि जिल्ला वन कार्यालय अछाममा बुझाएको प्रहरीले जनाएको छ ।

इलाका वन कार्यालय शान्तडाका वन कर्मचारीहरुले आवश्यक कागजपत्र भए/नभएकोबारे छानविन गर्दा केहीपनि नभेटिएपछि नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला वन कार्यालय अछामका सूचना अधिकारी विकाश शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *