श्रीलंका विरुद्धको टेस्टमा भारत विजयी

मंसिर ११-भारतले श्रीलंकालाई दोस्रो टेस्टको चौथो दिन सोमबार इनिङ्स र २ सय ३९ रनले पराजित गरेको छ । यससँगै भारतले तीन टेस्टको सिरिजमा १–० को अग्रता पनि लिएको छ ।

 पाहुना टिमले दिनको सुरुआत एक विकेट गुमाएर २१ रनबाट गरेको थियो भने भारतले पहिलो इनिङ्समा ४ सय ५ रनको अग्रता प्राप्त गरेको  थियो । दिनको दोस्रो सेसनमा श्रीलंका १ सय ६६ रन बनाएर अलआउट भएपछी भारत २३९ रनको फराकिलो अन्तरले बिजयी भएको हो ।

भारतलाई विजयी बनाउनमा अफ स्पिनर रविचन्द्रन आश्विनले चार विकेट लिएक थिए  र सग्रमा टेस्टमा १ सय ३० रन खर्चेर आठ विकेट आफ्नो नाममा लेखाए । अब तेस्रो टेस्ट डिसेम्बर २ मा नयाँ दिल्लीमा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *