माओवादि नेता शर्माले पहिलो पटक आफैंलाई भोट हाले

रुकुम, मंसिर १०
माओवादी केन्द्रका नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले पहिलो पटक गृहनगरबाट आफैंलाई मतदान गरेका छन्। पश्चिम रुकुमको सदरमुकाम मुसिकोट नगरपालिका-५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रबाट शर्माले आफैलाई मतदान गरेका हुन् ।

शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

त्यस बखत उनले मतदान गर्ने मतदान केन्द्र उनको निर्वाचन क्षेत्रमा नपर्ने भएकाले अर्कैलाई मतदान गरेका थिए। यस पटक भने शर्माको मतदान केन्द्र उनकै निर्वाचन क्षेत्रमा परेको छ ।
शर्मा यो जिल्लाबाट प्रतिनिधिसभाका लागि संयुक्त वाम गठबन्धनका उम्मेदवार हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *