न्युरोड र सुन्धाराको सडक बढार्दा ९ मेट्रिक टन धुलो संकलन

काठमाडौं, मंसिर ८ ।

काठमाडौं महानगरपालिकाले न्युरोड, रत्नर्पाक र टुाडिखेल आसपासको क्षेत्रलाई धुलोमुक्त बनाउन सफाइको काम तीव्र पारेको छ । बिहीबार र शुक्रबार दुई बिहान काठमाडौं महानगरका मुख्य सडकबाट ९ मेट्रिक टन धुलोसहितको फोहोर बटुलिएको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखाबाट परिचालित टोलीले बागदरबारदेखि सुन्धारा छिर्ने चोकसम्म र न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको मुल सडकको धुलो बढारेको हो ।

यसरी सफाइ गर्दा झण्डै ९ मेट्रिक टन परिमाणमा धुलो माटो संकलन गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । यसमा करिब ५ सय मिटरको लम्बाइको न्युरोड खण्डमा ५ मेट्रिक टन र बाँकी सुन्धारा खण्डबाट ४ मेट्रिक टन धुलोजन्य फोहोर भएको महानगरको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिए ।

यस्तो धुलो माटो संकलन गर्न ६५ जना खटिएका थिए । सडकमा प्लास्टिक लगायतका फोहोर पनि संकलन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *