ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सप्तरी, मंसिर ८ ।
सप्तरीको कन्चनरुप नगरपालिका–९ मा गएराति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको छ ।

ना३ख ९७७४ नम्बरको ट्रकले ठक्कर दिंदा मे १ प १७४७ नम्बरको मोटरसाइकलका चालक इलाम सुर्योदय नगरपालिका–१२ का ३४ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भएको हो ।

गएराति पौने १२ बजे ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय कन्चनरुपले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *