प्रचण्ड आजदेखि चुनावी अभियानमा सक्रिय, घरदैलो सहितका कार्यक्रम गर्ने

चितवन, मंसिर ८ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ । छोरा प्रकाश दाहालको मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गर्नुभएका अध्यक्ष दाहाल शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने उहाँका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिनुभयो ।

तिमिल्सेनाले भन्नुभयो, “उहाँको निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले आजदेखि घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा सहभागी हुनुहुन्छ ।” अध्यक्ष दाहाल चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ ।  प्रेस संयोजक तिमिल्सेनाले शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने बताउनुभयो ।

चुनावी अभियानका क्रममा अध्यक्ष दाहालकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन आऊनुहुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *