नेपाली काँग्रेसका संस्थापक सापकोटाको निधन

चितवन, मंसिर ८ ।

नेपाली काँग्रेसका संस्थापक नेता दधिराम सापकोटाको निधन भएको छ । उपचारको क्रममा आज बिहान चितवन मेडिकल कलेज, भरतपुरमा ९३ वर्षको उमेरमा निधन भएको हो ।
प्रजातन्त्रको सेनानी समेत रहेका सापकोटा न्यून रक्तचापको सिकार हुनुभएको थियो ।
सापकोटाको पार्थिव शरीरमा नेपाली काँग्रेसका महामन्त्री डा।शशांक कोईरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए सो क्रममा कोईरालाले सच्चा काँग्रेसी र एक देशभक्त नेता गुमाएको बताए । सापकोटाको निधनले राष्ट्रलाई र काँग्रेसलाई अतुलनिय क्षती पुगेको जिकिर गरे ।

भरतपुर महानगरपालिका–४, लंकु घर भएका सापकोटाको आजै हिन्दु परम्परा अनुसार देवघाटमा अन्त्येष्टी गरिने नेपाली काँग्रेस चितवनले जनाएको छ ।

सापकोटाका एक श्रीमती, ३ छोरा र दुई छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *