रिदमको नयाँ कोशेली ‘संग्लो यो मन’

काठमाडौँ ।
धेरै साल देखि अमेरिकामा स्थापित रहेर ब्यवासाहिक रुपले म्युसिक भीडियो र म्युसिक रेकोर्डिंगको काम गर्दै आएको “रिदम स्क्रीन क्रिएसन”ले एउटा नयाँ गीत संग्लो यो मनको चाडै बिमोचन गर्दै छ |

संग्लो यो मनमा नायिका नन्दिता के. सी र भानु तिवारीको अभिनय रहेको छ | उक्त गीतमा किरण गजमेर र टिका लामिछानेले स्वर दिएका छन् भने मनिष अधिकारीको शब्द र अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ | यसमा सम्पादन र म्युसिक अरेंजिंग कमल राईको रहेको छ भने निर्देशन, गीतको कथा लेखन र परिकल्पना कलाकार भुवन रनपल र कमल राईको रहेको छ | यस गीतमा छायांकन भने गायक सुरेन्द्र मन सिंहको रहेको छ | सज्जा सजावट मन्जु गुरुङको रहेको छ भने व्यवस्थापन हर्क पॊजुले गरेका छन् |

भुवन रनपलले यस गीतको बिमोचनका लागि तयारी भई सकेको र चाडै नै एक बृहत कार्यक्रममा यसको बिमोचन हुने बताएका छन् | रिदमले दिलिप दाहाल, प्रकाश दर्नाल, बि. एम. खालिंग, सिमान राम्दम, सन्तोष राम्दम र सरोज राईलाई उहाहरुको सहयोगका लागि विशेष आभार ब्यक्त गरेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *