बागेश्वरी बहुमुखी क्याम्पसको अनुगमन तथा निरिक्षण– डिजिटल विश्वविद्यालय बनाउने उपकुलपति सिंहको लक्ष्य

कोहलपुर, जेठ १२,

मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसलाई डिजिटल विश्वविद्यालय बनाउने उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले बताएका छन् ।

बिहिबार मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसको अनुगमन तथा निरिक्षण कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले कार्यक्रमको उद्घाटन गर्दै बागेश्वरी बहुमुखी क्याम्पसलाई डिजिटल विश्वविद्यालय बनाउने प्रतिबद्धता गरेका छन् । उनका अनुसार २१औं शताब्दीको विश्व प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको परिकल्पना गरेको छ । विश्वविद्यालयमा कार्यरत प्राध्यापक कर्मचारीले आफ्नो क्षमता वृद्धि गर्न र अनुसन्धानतर्फ अग्रसर भइ काम गर्न सिंहले निर्देशन दिए ।

मध्यपश्चिम विश्वविद्यालयले विश्वका ७० बढी देशका विश्वविद्यालयसंग एमओई गरि ती विश्वविद्यालयका विद्यार्थी आफ्नो विश्वविद्यालय आएर अध्ययन गर्न र यस विश्वविद्यालयबाट पनि ती विश्वविद्यालयमा गएर अध्ययन गर्न सकिने सिंहले बताए । हाल विश्वविद्यालयमा २०७५ सालमा समायोजन हुने क्रममा रहेका तमाम समस्या मध्ये प्राध्यापक तथा कर्मचारी घटुवाको समस्या, अस्थायी करार प्राध्यापक तथा कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया र लामो समयसम्म आंशिक रूपमा कार्यरत प्राध्यापक तथा कर्मचारीका समस्यालाई तत्काल समाधान गर्न आफू सकारात्मक भएको उपकुलपति सिंहले प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय सरकारले शिक्षामा लगानी गरे बागेश्वरी बहुमुखी क्याम्पसमा प्राविधिक धार र विज्ञान संकायको समेत अनुमति दिने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रम बोल्दै विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलले विश्वविद्यालयलाई आधुनिक बनाउन आफुहरु अग्रसर भएको बताए । उनले समयमै परिक्षा भएर समयमै नतिजा प्रकाशन गर्ने कार्यमा आफुहरु लागि परेकाले आम विद्यार्थीका मागहरु पुरा हुने प्रतिवद्द्ता गरे । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आजको वैज्ञानिक युगम आधुनिक विश्वविद्यालय बनाउन ेतर्फ लाग्न विश्वविद्यालयका पदाधिकारीलाई अनुरोध गरे । उनले बागेश्वरी बहुमुखी क्याम्पसमा प्राविधिक धारका विषयको अनुमति विश्वविद्यालयले दिएमा नगर सरकार आर्थिक तथा भौतिक सहयोग गर्न तयार रहेको बताए । आफू कोहलपुरलाई शैक्षिक हव बनाउन यहाँका सामुदायिक र संस्थागत विद्यालयको नेतृत्व गरी सहयोग गर्न अनुरोध गरे ।

यस्तै कार्यक्रम बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका पुर्व सञ्चालक समिति अध्यक्ष तथा अधिवक्ता नरेन्द्र न्यौपानेले समायोजनमा रहेका समस्यालाई तत्काल निराकरण गर्नुपर्नेमा जोड दिएका थिए । राजनैतिक दल र दलका नेताको हरेक विश्वविद्यालयका हरेक काममा हातेमालो गर्ने र क्याम्पसमा अझै थप संकाय दिनुपर्ने न्यौपानेले जोड दिए । यस्तै प्राध्यापक संघका कार्यबहाक अध्यक्ष जयकृष्ण न्यौपानेले प्राध्यापक र कर्मचारीका साझा मागलाई पुरा गर्नेपर्ने धारणा राखेका थिए । यस्तै निवर्तमान विभागीय प्रमुख एकराज शर्माले विषयगत प्राध्यापकलाई जानकारी नदिएर विच शैक्षिक सत्रमा विषय हटाउने र राख्ने जस्ता तमाम समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कर्मचारी संघका सभापति शिव रेग्मी, उपप्राध्यापक तोयानाथ पहाडी, पुस्करनाथ रिजाल, बाल कुमार शर्मा, रविन्द्र सुवेदी, मायाराम काफ्ले लगायतले मन्तव्य राखेका थिए । बाँकेको कोहलपुर नगरपालिकामा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बुहुमुखी क्याम्पसमा १ करोड १७ लाखमा ग्राजुएट स्कुल अप म्यानेजमेन्टको भवनको प्रा.डा. सिंहले शिलान्यास गरेका छन् । सिंहले विविए भवनको समेत समुदघाटन गरेका थिए । सिंह मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा अनुगमन तथा निरिक्षण कार्यक्रममा शिलान्यास र उदघाटन गरेका हुन् । यस्तै क्याम्पस प्रमुख दान बहादुर हमालले मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा कमर्सको भवन छुट्टै निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए ‘विगत १ वर्षदेखि कमर्स सञ्चालन भएतापनि छुट्टै भवन भने थिएन ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.