राप्ती नदीमा पौडी खेल्दा दुई युवतीको ज्यान गयो

कोहलपुर, जेठ १०,

पिकनिक खान गएका बाँकेका दुई युवतीको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ ।

पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा बस्नेत र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको ज्यान गएको हो । डुडुवा गाउँपालिका–४ स्थित राप्ती नदीको सिधानियघाटमा पिकनिक खान गएका उनीहरू मंगलबार साँझ पौडी खेल्न नदीमा पसेका थिए

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार छ जनाको समूहमा पिकनिक खान गएकामध्ये दुई जना नदिमा डुबेका हुन । मृतक बस्नेत कोहलपुरस्थित वागेश्वरी बहुमुखी क्याम्पसकी छात्रा हुन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.