कोहलपुरको एक होटलमा मृत भेटिएका युवाको सनाखत

कोहलपुर, जेठ २,

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ को होटल अनमोलमा मृत भेटिएका युवाको सनाखत भएको छ ।

बाँकेको खजुरा घर भई हाल कोहलपुर १२ चप्परगौढी बस्ने ३१ वर्षिय हरिराज शर्मा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका छन् । ३ दिन अघि होटलमा बस्न गएका शर्मा मंगलबार बिहान ११ बजेसम्म पनि नउठ्दा होटल संचालकले प्रहरीलाई खबर गरेका थिए ।

मृतक शर्माले मदिरा सेवन गर्नुका साथै विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी तिवारी बताए । मृतकको शव परीक्षणका लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.