कोहलपुर, माघ ८,
सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
एक जना घाइते भएका छन् । छेन्चुबाट सुर्खेतका लागि छुटेको प्रदेश १ ०२६ च ९२१३ नम्बरको जिप सडकबाट तल खस्दा घाइते भएका ४ जनाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर जिप चालक सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ का २७ वर्षका सागर शाही, दैलेखको भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, डुङ्गेश्वर– ३ का ३३ वर्षका दिपेन्द्र जङ्ग शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का ३६ वर्षका राजेन्द्र बिसीको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते दैलेखका भैरवी गाउँपालिका ५ का २५ वर्षका विरेन्द्रराज शाहीको सुर्खेतमै उपचार भइरहेको छ । सुर्खेतको विरेन्दं्रनगर नगरपालिका ११ झुप्राखोलामा आज बिहानीपख जिप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।