भोलि रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायु केही बलियो : मौसमविद् 

कोहलपुर, माघ ८,

सोमबार रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायु केही बलियो देखिएको मौसमविद्ले बताएका छन् ।

यसपाली आएका पश्चिमी वायुहरू कमजोर हुँदा हिउँदे वर्षा राम्ररी हुन सकेको छैन । तर सोमबार (भोलि) राति नेपालको पश्चिमी भेगबाट नेपाल प्रवेश गर्ने प्रणाली केही बलियो देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले यो प्रणालीको प्रभावले भोलिरातिदेखि पर्सि दिउँसोसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपात पनि हुनेछ । महाशाखाले ३ दिनसम्मको मात्र मौसम पूर्वानुमान गर्ने गरेकाले पर्सिसम्मको अवस्थामात्र थाहा भएको हो । आईतबार प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.