उपसभामुख चयनका लागि निर्वाचन हुँदै

कोहलपुर, माघ ७,

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।

जसका लागि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।संसद् सचिवालयका अनुसार सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । हिजो दिउँसो चार बजेसम्म उम्मेदवारी दर्ताका लागि समयसीमा तोकिएको थियो । जुन समयसीमा भित्र दुई जनाको उम्मेदवारी परेको सङ्घीय छ ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा राना र नेपाली काँग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराएबी छन् । रानाको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम हुनुहुन्छ भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन समर्थक छन् ।

यस्तै, यादवको प्रस्तावकमा काँग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ । यसअघि नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसक्नुभएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.