कोहलपुर माघ ६,
बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापा पुगेको छ ।
शुक्रबार बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।
उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।