कोहलपुर, पुष १४,
बाँके जिल्ला, बैजनाथ गाउँपालिकाको सबै स्वास्थ्य चौकीहरुमा निस्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
मिति २०७९ पौष ३ गते देखि १२ गते सम्म संचालित उक्त शिविरहरुमा १८१६ जनाको आँखा परीक्षण गरी निस्शुल्क औषधि उपलब्ध गराइएको छ भने ३९४ जनाको निस्शुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ । निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पतालको आयोजना, तेजकोहली रुइत फाउण्डेशनको सहयोग र बैजनाथ गाउँपालिकाको सहकार्यमा गरिएको छ ।
निःशुल्क आँखा शिविर सञ्चालन गर्नमा सहजीकरण गर्नुभएका बैजनाथ गाउँपालिकाको सम्पूर्ण जनप्रतिनिधी ज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, स्वास्थ्य संयोजक ज्यू, स्वास्थ्य चौकीहरुमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी ज्यूहरु, महिला स्वास्थ्य स्वयंसेविका ज्यूहरु लगायत स्थानीय समाजसेवी ज्यूहरु लाई धन्यवाद ।