चर्चित गायक अलमोडा कोहलपुर आउँदैं

काेहलपुर, पुष १४,                                      चर्चित गायक अलमोडा राना उप्रेती कोहलपुर आउन पत्रकार सम्मेलन मार्फत जानकारी गराईएकाे छ ।                                                                 अंग्रेजी नया बर्षको स्वागतका लागि अलमाेडा काेहलपुर आउने भएका हुन् । हाेटल सेन्ट्रल प्लाजाकाे आयाेजनामा २०२२ लाई बिदाई र सन २०२३ लाई स्वागत कार्यक्रममा अलमाेडा आउने आयाेजकले जानकारी दिएकाे हाे । आफना चर्चित गितहरु अल्मोडाले प्रस्तुत गर्ने आयोजक होटेल सेन्ट्रल प्लाजा कोहलपुरले जनाएको छ । अंग्रेजी नयाँ बर्षलाई उल्लासका साथ कोहलपुरमै मनाउनका लागि कार्यक्रम आयाेजना गरिएकाे हाे । उक्त साँगीतिक साँझमा १ हजार ७ सय ९९ रुपैँया प्रवेश शुल्क राखिएकाे छ ।कार्यक्रमलाई सभ्य भब्य र सौम्य बनाउन ब्यक्तिगत स्वास्थ्य सुरक्षा देखि आन्तरीक सुरक्षाको समेत तयारी रहेकाले दर्शकहरुलाई कार्यक्रममा निर्धक्क आउन सक्ने आयाेजकले बताएकाे छ।                                                                                  कार्यक्रममा गायिका बिन्दु परियार, उमादेवी खनाल लगाएतका कलाकारहरु आउने बताउदै होटेल सेन्ट्रल प्लाजाका बित्त प्रमुख आशिष गुप्ताले बताए । टिकट बिक्रिका लागि होटेल सेन्ट्रल प्लाजाको टिम फिल्डमा गई सकेको बताइएको छ ।

 

 

 

१६ गते साँझ ७ बजेदेखि साँगितीक कार्यक्रम शुरु हुनेछ भने उक्त दिनको टिकट होटेलको प्रांगणबाटै बिक्रि बितरण गरिने छ । कोहलपुरलाई चिनाउन यस्ता कार्यक्रमहरु बिगत ४ बर्षदेखि गर्दै आएको होटेलले पर्यापर्यटनका निम्ति यो आफनो दायित्व समेत भएको दावी गरेको छ । कार्यक्रममा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने होटेल सेन्ट्रल प्लाजाले जनाएकाे छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.