बालबालिकालाई स्वस्थ राख्न अभिभावकको सबैभन्दा ठुलो जिम्मेवारी हो–डा.उप्रेती

बिधुत्मा रैका,
कोहलपुर, पुष १३,

सम्पूर्ण मानव जीवनका लागि मानसिक स्वास्थ्य महत्वपूर्ण छ । मानसिक तवरले स्वस्थ रहनु सम्पूर्ण जीवन सफल हुनु हो । स्वस्थ शरीरमा स्वस्थ मानसिकता रहनुले समाज पनि स्वस्थ रहन सक्छ । तर पछिल्लो समय बाल अवस्थादेखिनै अस्वस्थ्व मानसिकता तथा अस्वस्थ्व शारिरिक बनावटको नकारात्मक विकास भैरहेको छ । जसको मुख्य कारण रहेको छ खानपान । खानपान तथा रहनसहन, आनीबानी स्वस्थ्व नहुनाले दिनप्रतिदिन मानसिक रुपमा विभिन्न समस्या आईरहेका छन् ।

मानिसहरुको दैनिकी व्यस्त रहनु पनि यसको मुख्य कारण रहेको छ । आफ्ना बालबालिकाहरुलाई स्वस्थ राख्नका लागि अभिभावकको सबैभन्दा ठुलो जिम्मेवारी हो । तर घरमा उत्पादन भएका खानेकुरा भन्दा बजारका प्याकेजिङ खानेकुरा बालबालिकालाई दिनाले बालबालिको स्वास्थ्यमा दिर्घकालिन असर पर्ने जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेतीले बताएकी छन् । मानसिक स्वास्थ्य समस्या हुनु अभिभावक मात्रै नभई राज्यको पनि ठुलो हात रहेको डा. उप्रेतीले बताईन् । उनले भनिन्,–‘मानसिक स्वास्थ्य समस्याले सौहार्दपूर्ण सामाजिक वातावरणलाई बिथोल्ने काम गर्छ । हामीले हाम्रा बालबालिकाहरुलाई स्वस्थ राख्नका लागि ताजा तथा घरमै बनाएका खानेकुरा दिनुपर्छ । विद्यालयमा पनि शिक्षकहरुले बालबालिकाहरुलाई बजारका खानेकुरा खान दिनु हुँदैन ।

डा.उप्रेतीले हरेक मानसिक स्वास्थ्यको लागि लेख्ने, योग गर्ने, किताबहरु पढ्ने जस्ता योजनाहरू समावेश गर्न सकिने बताईन् । समुदायमा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्दै उनले पोषणयुक्त खानेकुरा खाने र प्रशस्त पानी पिउनुपर्ने बताईन् । हरेक व्यक्तिको मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य एकअर्कासँग जोडिएको भन्दै पोषणयुक्त खानेकुरा खाने र धेरै पानि खाने व्यक्तिको दिमाग र शरीरलाई फाइदा हुने बताईन् । उनले राम्रो निद्राले शारीरिक र मानसिक दुवै, स्वास्थ्य लाभहरू हुने बताउँदै डा. उप्रेतीले आनीबानी, खानपान तथा रहनसहनले गम्भीर शारीरिक स्वास्थ्य जोखिमहरू कम गर्न सकिने बताईन् ।

डा. उप्रेतीका अनुसार बालबालिकामा मानसिक स्वास्थ्य समस्या चिन्ताको विषय बन्दै गएको बताईन् । उनी भन्छिन्,–बालबालिकालाई अभिभावकले रचनात्मक क्रियाकलापमा सामेल गराउनुपर्छ । सरकार तथा स्थानीय तहले पनि बालबालिकाको मानिसक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ ।’ बिर्सने, दिक्क मान्ने, हैरानी महसूस हुने, अरूसँग कुरा गर्न मन नलाग्ने जस्ता समस्याहरु बालबालिकामा हुने गरेको डा. उप्रेती ले बताईन् । अभिभावकबाट पर्याप्त समय नपाएका बालबालिकामा मानसिक समस्या बढी देखिएको उनको भनाई थियो । समयमै ध्यान दिन नसके मानसिक समस्यामा गुज्रेका बालबालिकाले आफ्नो ज्यान आफैं लिने जोखिम भएकाले अभिभावक सचेत रहनुपर्ने उप्रेतीले बताईन् ।

मंगलबार कोहलपुर पार्टी प्यालेसमा भएको समुदायमा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले विभिन्न कारणहरुले बालबालिकामा गम्भीर मानसिक स्वास्थ्य समस्या देखा परेको पर्नसक्ने बताएका छन् । कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख आचार्यले बालबालिकालाई घरभित्रै खेल्ने, रमाउने ठाउँको व्यवस्था मिलाइदिनुपर्ने र अभिभावकले पनि समय दिएर उनीहरूलाई पढाउन, खेलाउन, रमाइलो गराइदिन ध्यान दिनुपर्ने बताए । आचार्यले अधिकांश अभिभावकले बालबालिकालाई अलमल्याउन मोबाइल दिएर र टीभी सधैं खोलिदिएर बानी बिगारिदिने गरेको जसका कारण बालबालिकामा नकारात्मक असर परिरहेको बताए । उनले भने,–‘अभिभावकले आफ्नो बच्चाको पहिले र अहिलेको व्यवहारमा कुनै अन्तर आयो कि आएन भनेर निकै ख्याल गर्नु जरुरी छ । फरक देखिन थाल्यो भने बेवास्ता गर्नै हुन्न ।

बालबालिकालाई पढ् पढ् भनेर बारम्बार दबाब दिइरहे पनि उनीहरूमा मानसिक असर पर्न सक्छ ।’ उनले बालबालिकाहरुलाई अभिभावक तथा शिक्षकहरुले उचित मनोसामाजिक परामर्श दिन सुझाव दिए । दियालो परिवारको आयोजना ग्रामिण स्वास्थ्य शिक्षा सेवा गुठीको समन्वय तथा कोहलपुर नगरपालिकाको सहकार्यमा अन्तरक्रिया कार्यक्रमको भएको हो । दियालो परिवारका अध्यक्ष भावना पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगर उपप्रमुख संगीता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, सामाजिक विकास शाखा संयोजक ईश्वरी प्रसाद बि.क. लगायत वडाध्यक्ष, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै पाठकले समुदायमा मनोसामाजिक प्रवर्धनात्मक क्रियाकलापहरु र समुदायमा मनोसामाजिक परामर्श दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिईन् । पाठकले मानसिक समस्या भएका बालबालिकाको राम्ररी उपचार भएन र अभिभावकले राम्रोसँग हेरचाह गरेनन् भने दीर्घकालीन असर पर्न सक्ने भएकाले आफ्ना बालबालिकाहरुको उचित ख्याल राख्न आग्रह गरिन् । उनले बालबालिकाको आनीबानी सुधार्ने शैली पनि महत्वपूर्ण हुने बताईन् ।

 

 

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.