कोहलपुरमा बिहानैबाट बाक्लो हुस्सु–आन्तरिक उडानहरु अवरुद्ध

कोहलपुर, पुष १२,

बाँकेको कोहलपुरमा मंगलबार बिहानैबाट बाक्लो हुस्सु लागेसँगै चिसो बढ्दै गएको छ ।

बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण जाडो बढेको हो । बाक्लो हुस्सुका कारण यहाँका स्थानको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार अब देशभर चिसो बढ्दै जानेछ । तापक्रम घट्ने क्रममा रहेको मौसम कार्यालय कोहलपुरका प्रमुख राम विकेश रायले बताएका छन् ।

पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको रायको भनाई छ । खराब मौसमका कारण नेपालगंज विमानस्थलका सम्पूर्ण उडानहरु स्थगित भएका छन् । बाक्लो हुँस्सुका कारण बाँके जिल्लाबाट हुने हिमाली तथा पहाडी जिल्ला र राजधानीका आन्तरिक उडानहरु स्थगित गरिएको फिल्ड सुपरभाईजर पल बहादुर बि.क.ले बताएका छन् ।

बाक्लो हुँस्सु लागे पनि तत्काललाई पानी पर्ने सम्भावना पनि नरहेको मौसम विद्ले बताएका छन् । हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुन्छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका मौसम विद् राजिव झाले बताएका छन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.