कोहलपुरमा जारी खेलकुद प्रतियोगितामा दुई विद्यालयद्धारा जितको सुरुवात

कोहलपुर, पुष १०,

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरमा जारी खेलकुद प्रतियोगितामा दुईवटा विद्यालयले जितको सुरुवात गरेका छन् ।

गत पुष ८ गते उद्घाटन भएको छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा त्रिभुवन मावि र कृष्ण माविले जितको सुरुवात गरेका हुन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ सञ्चालन भैरहेको प्रतियोगितामा त्रिभुवन मावि र कृष्ण माविले १ सय, ४ सय र १५ सय मिटरको दौडमा जित हात पार्दै विजयीको सुरुवात गरेका हुन् ।

छात्रातर्फ १५ सय मिटर दौडमा त्रिभुवन माविमा अध्यनरत दीपशिखा शाही प्रथम, कृष्ण माविमा अध्यनरत बन्दना भण्डारी द्धितीय र तक्षशिला एकेडेमीमा अध्यनरत एलिजा आर.सी.ले तेस्रो स्थान ओगट्न सफल भएका छन् । छात्रतर्फको त्रिभुवन माविमा अध्यनरत निराजन शाही प्रथम, जनज्योतिमा अध्यनरत निशान्त थारु द्धितीय, र लक्ष्मी माविमा अध्यनरत ब्रह्माण्ड बम तृतीय हुन् । यस्तै ४ सय मिटरको छात्रातर्फको कृष्ण माविमा अध्यनरत स्वस्तिका शाही प्रथम, ग्रीनपिस माविमा अध्यनरत दीपा भण्डारी द्धितीय भएका छन् । लक्ष्मी माविमा अध्यनरत शर्मिला नेपाली तृतीय भएकी हुन् ।

छात्रतर्फ गोर्खा युनाइटेडमा अध्यनरत प्रेम बहादुर बुढाथोकी प्रथम, जनज्योति पब्लिकमा अध्यनरत प्रकाश कार्की द्धितीय र कृष्ण माविमा अध्यनरत निर्मल परियार तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । यस्तै १ सय मिटरको छात्रातर्फको ग्रीनपिस माविमा अध्यनरत तुलसा दमाई प्रथम, त्रिभुवन माविमा अध्यनरत माया सुनार द्धितीय र जनज्योति पब्लिकमा अध्यनरत आशिका शाही तृतीय स्थान प्राप्त गरेकी छिन भने छात्रतर्फ डायनमिक माविमा अध्यनरत प्रतिक सुनार प्रथम, लक्ष्मी माविमा अध्यनर बिनायक बम द्धितीय र ग्रीनपिस माविमा अध्यनरत उमेश डांगी तृतीय स्थान ल्याएका छन् ।

यस्तै सटपट प्रतियोगितामा छात्रातर्फ त्रिभुवन माविमा अध्यनरत किरण चन्द प्रथम, गोर्खा युनाइटेडमा अध्यनरत प्रेमबहादुर बुढाथोकी द्धितीय, सगरमाथा माविमा अध्यनरत जगत थापा तृतीय स्थान ल्याउन सफल भएकी छिन भने छात्रतर्फ त्रिभुवन माविमा अध्यनरत सरनी बुढा प्रथम, कृष्ण माविमा अध्यनरत राधिक सुनार द्धितीय, र ज्ञान ज्योति माविमा अध्यनरत बबिता रोकाय तृतीय स्थान ल्याउन सफल भएका छन् । प्रतियोगितामा १५ विधा छन् भने कोहलपुरका सामुदायिक र संस्थागत ३७ विद्यालयका ८ सय १९ जना खेलाडि सहभागी छन् । प्रतियोगिता सोमबार समापन हुनेछ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.