बिधुत्मा, रैका,
कोहलपुर, पुष ९,
कोहलपुरका राजनीतिज्ञ, समाजसेवी तथा स्वास्थ्यकर्मी कर्ण बहादुर थापाको पुस्तक एउटा ईमानको कथा विमोचन गरिएको छ ।
शनिबार कोहलपुर पार्टी प्यालेसमा एक कार्यक्रमका बिच र्कण बहादुर थापाको पुस्तक एउटा ईमानको कथा विमोचन गरिएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहेका बाँके क्षेत्र नं १ का माननिय संघिय सांसद सुर्य ढकाल लगायतले सयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।
हाम्रो पूर्णिमाको आयोजनामा भएको कार्यक्रममा एउटा ईमानको कथा मार्फत आफनो सुख दुख तथा संघर्षका कुराहश्र समेटेको थापाले बताए । आफुले आफ्नो जीवनमा भोगेका आत्म कथा, पारावारीक सामाजिक ब्यथा, परीवेशहरु समेटेर पुस्तक तयार पारेको बताए । थापाले एउटा ईमानको कथालाई सबैले पढेर साथ दिन आग्रह गरे । कार्यक्रममा बोल्दै सांसद ढकालले थापाका कर्ण बहादुर थापा कोहलपुरका सशक्त व्यक्ति मात्र नभई कोहलपुरका गहना भएको बताए । ढकालले राजनैतिक, सांस्कृतीक, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य क्षेत्रमा थापाको असाधारण योगदान रहेको बताए ।
उनले कोहलपुरको विकास तथा समृद्धिका लागि पनि थापाले अतुलनिय योगदान रहेको बताए । कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले थापाले एउटा ईमानको कथा ल्याएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन् । थापा कोहलपुरको अभिभावक भएको बताउँदै सामाजिक क्रियाकलापमा क्रियाशिल रहेको बताए । थापाले देखेको सपना पुरा गर्न नगरपालिका नि:शर्त लागिरहेको बताउँदै आचार्यले कोहलपुर बसपार्क भित्र अत्याधुनिक पुर्वाधारसहितको थिएटर निर्माण गरि साहित्य महोत्सव समेत गर्नेगरि नगरले कार्ययोजना तयार गरि बजेट आउने समेत बताए । कोहलपुरका गौरवका योजना अलपत्र पार्छ भन्ने हल्लाको खण्डन गर्दै नगर प्रमुख आचार्यले कोहलपुर भ्यु टावर, लामो दुरीको बसपार्क निर्माणमा बजेट बिनियोजन गरि योजना सम्पन्न उन्मुख रहेको जानकारी दिए ।
पुस्तक लेखक थापा ३ पटकसम्म कोहलपुरमा वडा अध्यक्ष भैसकेका छन् । कार्यक्रममा पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका सल्लाहकार सागर गैरेले लेखकबारे परिचयात्म टिप्पणी गरेका थिए । सह लेखक सनत सापकोटाले आलेकको अनुभुतिमार्थि प्रष्ट पारेका थिए भने प्राध्यापक हरी सुबेदीले एउटा ईमानको कथाबारे बिबेचना तथा टिप्पणी गरेका थिए ।
कार्यक्रममा समारोहमा सभासद देवराज भार, लुम्बिनी प्रदेश सभा पुर्व मन्त्रि आरती पौडेल, बर्तमान प्रदेश सभासद दुर्गा प्रसाद चौधरी, बसन्ति अधिकारी, पुर्व नगर प्रमुख लुट बहादुर रावत, नगर उप प्रमुख संगिता सुबेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेल, प्रष्ठिानका पुर्व अध्यक्ष महानन्द ढकाल, बिभिन्न वडाका वडाध्यक्ष, शिक्षक, प्राध्यापक ब्यापारी, बुद्धिजिवी, पत्रकार एबं २०० बढि साहित्य अनुरागिहरुको उपस्थिती रहेको थियो । पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सम्पन्न उक्त बिमोचन समारोहमा कथाकार सुमित्रा न्यौपानेले स्वागत मन्तव्य राखेकी थिईन् । कार्यक्रमको संचालन बद्रि ढकाल हिरामणिले गरेका थिए ।