श्रीलङ्काका करिब ६२ लाख नागरिक मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना

कोहलपुर, पुष ५,

श्रीलङ्काका करिब ६२ लाख नागरिकले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका पाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले गत जुन महिनादेखि यही महिनासम्म गरेको अध्ययनले यस्तो देखाएको हो । प्रत्येक दश घरपरिवारमा चारले आफ्नो आयमा कमीको अनुभव गरिरहेको र प्रत्येक दुई घरपरिवारमा एकले खाद्य असुरक्षाको खतरा अनुभव गरिरहेका प्रतिवेदनमा उल्लेख छ ।

एफएओका अनुसार श्रीलङ्काका ४० प्रतिशत नागरिक आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् र २०२२ मा धानको उत्पादन लागत १०० प्रतिशतभन्दा बढीले बढेको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.