तीन प्रदेशको मौसममा बदली हुने अनुमान

कोहलपुर, पुष ४,

भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिएको छ ।

त्यसकै कारण अहिले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो र राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने मौसम सामान्यतया सफा नै रहने छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । भोलि दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.