मेलम्चीको पानी उपत्यकामा वितरण गरिँदै

कोहलपुर, मंसिर २३,

मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा आजदेखि पानी वितरण गर्दैछ ।

मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार गत १८ गते काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । आज बिहान पानी औपचारिक रुपमा घर–घरको धारहरूमा पठाइनेछ ।

सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ । उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.