थ्रेस होल्ड कटाएका चार दलले प्रदेशमा कुनै सिट पाएनन्

कोहलपुर, मंसिर २३,

प्रदेशसभा निर्वाचनको समानूपातिक तर्फ १ दशमलब ५ प्रतिशत मत अर्थात थ्रेस होल्ड कटाएका दल समानुपातिक सिट बाँडफाटका लागि योग्य हुने भएपनि प्रदेशमा थे्रस होल्ड कटाएका चार दलले कुनै सिट पाएका छैनन् ।

गण्डकी प्रदेशमा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले थ्रेसहोल्ड कटाएको थियो भने कर्णालीमा नेपाल मजदुर किसान पार्टीले थ्रेसहोल्ड कटाएर पनि समानूपातिक सिट पाउन सकेन । आयोगका अनुसार थ्रेसहोल्ड कटाए पनि सेन्टलग विधिबाट सिट निर्धारण गर्दा उनिहरूले सिट नपाएको प्रवक्ता गुरू प्रसाद वाग्लेले बताए ।

तर, सङ्घीय तहमा १ सय १० सिट बाँडफाँट गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कट्नासाथ ३/४ सिट पाउने अवस्था रहने आयोगले जनाएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.