स्वास्थ्य केन्द्र ठुलासेनको नयाँ व्यवस्थापन समिति गठन, स्वास्थ्य सुधारका लागि प्रतिबद्धताका साथ काम गर्ने अध्यक्ष भण्डारीको भनाइ

टेकराज भण्डारी, अछाम
कोहलपुर, जेठ २७,

मंगलसेन नगरपालिका९ ६ मा रहेको ठुलासेन आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति गठन, नयाँ जनप्रतिनिधिको स्वागत तथा पुरानाको विदाई गरिएको छ ।

व्यवस्थापन समिति अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पदा बहादुर बोहरा संरक्षक रहने गरी नवनिर्वाचित वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको स्वास्थ्य केन्द्रका ईन्चार्ज मीना रावल भण्डारीले बताईन् । समितिको उपाध्यक्षमा वडा सदस्य जैसरा दमाई, सदस्यमा बसन्ता भण्डारी, रमिला भण्डारी, धिरेन्द्रबहादुर भण्डारी तथा सदस्य सचिवमा ईन्चार्ज भण्डारी रहेका छन् । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष भण्डारीले जनताको स्वास्थ्य अधिकारलाई पहिलो प्राथमिकता दिने बताए ।

स्वास्थ्य केन्द्रमा औषधि, स्वास्थ्य सामग्री लगायतको अभाव हुन नदिने भन्दै थप सेवा सुविधा विस्तार गर्दै अघि बढ्ने बताए । महिला तथा बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै वडाको पहिलो बैठकबाट गर्भवती महिलालाई जिल्ला अस्पतालसम्म पुर्याउन १५ सय रुपैयाँ सहुलियत दिने निर्णय गरेको भन्दै यसबाट उनीहरुलाई राहत हुने बताए । आगामी दिनमा वडाको स्वास्थ्य, शिक्षा, लगायतको क्षेत्रमा वडाको तर्फबाट प्रतिबद्धताका साथ सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताए ।

कार्यक्रमका अध्यक्ष व्यवस्थापन समिति अध्यक्ष जनकराज भण्डारीले स्वास्थ्य मानिसको संवैधानिक अधिकार भएको भन्दै यसको लागि सबैले सहयोग गर्नुपर्ने बताए । वडामा रहेका स्वास्थ्य केन्द्रको थप व्यवस्थापन तथा स्तरवृद्धिका लागि आफू आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका वडा कमिटी अध्यक्ष राम प्रसाद भण्डारी, नेपाली कांग्रेसका वडा सभापति गंगाराम भण्डारी, पूर्व नगरकार्यपलिका सदस्य भावना विक, वडा सदस्य दुर्गाप्रसाद भण्डारी, जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा दमाई, पूर्व वडा सदस्य राजुदेवि भण्डारी, गंगा माविका प्रधानाध्यापक मोतिराम भण्डारी, मनकामना आविका प्रअ नगेन्द्र प्रसाद भण्डारी, बजार समितिका सचिव रण बहादुर ढकाल, टोलविकास संस्थाका अध्यक्ष, महिला स्वयंसेविका लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन अनमि अनिता भण्डारीले गरेका थिए ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.