खेलकुद मन्त्री अथकद्धारा गौतमबुद्ध क्रिकेट रंगशालाको निरीक्षण तथा अवलोकन

कोहलपुर, माघ १४,

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले चितवनको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

बिहीबार चितवन पुगेर युवा तथा खेलकुद मन्त्री (अथक) ले स्थलगत रुपमा रंगशाला निरीक्षण तथा अवलोकन गरेका हुन् । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित मन्त्रालयको टोलीले निरीक्षण गरेको हो । रंगशाला अवलोकन पछि भरतपुर महानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने बताएका छन् ।

उनले रंगशालालाई गौरबको आयोजनामा समेटी यही आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न निर्देशन दिए । नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सृजना हुनु दुखद भएको उल्लेख गर्दै मन्त्री अथकले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरीने बताए ।

रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण यथाशिघ्र सार्बजनिक गर्न मन्त्री अथकले धुर्मुश–सुन्तली फाउण्डेशनलाई आग्रह समेत गरे । कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुुश–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल लगाएतको सहभागिता रहेको थियो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.