सुरज मेघनाथ बैशाख -३, बाँके
कोहलपुरको रोहिनी खोलामा भयानक दुर्घटना भएको छ । बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै सुर्खेत बाट धरानको लागि जाँदै गरेको भे१ख ३३४७ नम्बरको बस र नम्बर नखुलेको सम्शेरन्ज बाट कोहलपुर तर्फ आउदै गरेको टिपर एकआपसमा ठोकिएको हो ।
बस र टिपर एकाआपसमा ठोकिदा ३८ जना घाइते र ५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर ले जनाएको छ ।
घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गरिदै छ ।