केही समय अघाडि टिकटकमा एउटा भिडियो भाइरल भयो उक्त भिडियो साथिहरुको भिडमा साधारण कपडामा सजिएका युवा र युवतिले साधारण तरिकाले दुलहीलाई सिन्दुर लगाइदिए र बिवाह ब’न्धनमा बाधिए धेरैले बिवाह तमझमका साथ गर्ने गर्दछन् तर यो जोडिले गरेको विवाह देखेर अ’चम्म परेकाछन् । ती टिकटकमा भाइरल भएका जोडिको भिडियो दर्शकहरुले अत्य’धिक मन पराएपछि उक्त जोडिको खोजि भएकोछ ।
यी नव विवाहित जोडि कोहलपुर बस्ने आशिष बिक्रम शाहि र सोफिया डागि हुन् । उनिहरुको त्यो विवाहको भिडियो टिकटमा करिव ३० लाख जनाले हेरेकाछन् भने यो क्रम भने अझै बढ्ने देखिन्छ । उनिहरुले त्यो भिडियो टिकटकमा असुसोफो नामको आइ’डिमा राखेकाथिए । माया प्रेममा भएको करिब २ बर्ष पछि उनिहरुले उदाहरणीय बिवाह गरें ।
उनिहरुको बिवाह यसकारण पनि रो’चक थियो बेहुला बेहुलिको पहिरनमा नभएका, कुनै गहना पनि बेहुलिले लगाएकि थिइनन् , एउटा सिन्दुर बाहेक केही देखावटी केही नगरेको टिकटक भिडियोमा देखिन्थ्यो । यस्ता सामान्य तरिकाले विवाह किन गर्नुभएको भन्ने प्रश्नमा उनिहरुले हास्दै भने, तामझाम, देखावटी गरगहनामा सजिएर बिवाह किन गर्नु भन्दै हामीले साधारण विवाह गरेको बताए ।