लकडाउन बेलाको शुल्क फिर्ता गर्न खजुरा र बैजनाथ शिक्षा प्रमुखलाइ अनेरास्ववियु बाँकेको माघ

बाँके  : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले बाकेमा रहेका ८ स्थानिय तहका सामुदायिक तथा निजि शैक्षिक संस्थाहरुले लकडाउनको समयको शुल्क लिएको प्रती आफ्नो ध्यानाकर्षण भएको र लकडाउन बेलाको शुल्क फिर्ता गर्न माग गरेको छ ।

अनेरास्ववियु बाँकेले खजुरा गापा र बैजनाथ गापा का शिक्षा प्रमुख लाई लकडाउनको समयको शुल्क  शैक्षिक संस्थाले लिएको र त्यो शुल्क फिर्ता गर्नु पर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनेरास्ववियु बाकेका सहसचिव नब राज बम   र गा.पा.का सयोजक कृष्ण चन्द ठकुरीद्वारा हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्रमा अगाडी लेखिएको छ , कोभिड १९ को पहिलो चरणको बन्दाबन्दिको बेला शुल्क लिएको प्रती यस हाम्रो गौरवशाली संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड १९ उच्च जोखिम बढेकाले यस कार्यालयको माताहत रहेका आठै वटा स्थानियका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुमा कोभिड १९ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप उच्च सतरकता अपनाउन हार्दिक अनुरोध गर्दछौ ।

साथै ध्यानाकर्षण पत्रमा लेखिएको छ, आठै वटा स्थानियका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुमा शैक्षिक वातावरणमा कायम गरि नियमित पठनपाठन तथा शैक्षिक कार्यहरु गर्न शैक्षिक संस्थाहरुलाई आग्रह गर्दछौ ।

हेर्नुस् ध्यानाकर्षण पत्र                                                         

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.