महोत्तरी, १६ चैत । स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त । सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन । घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका । घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त । आज सोमबार प्रदेश नं २ को मिथिला क्षेत्र रङ र अबिरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा उत्सवमय छ ।भिडियो हेर्नुहोस
बसन्तपुरमा होलिको रोनक (भिडियो सहित)
