नेपालगन्ज : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बाँकेको अध्यक्षमा टेकेन्द्र मल्ल चयन भएका छन् ।
सोमबार नेपालगन्जमा सम्पन्न जिल्ला भेलाले टेकेन्द्र मल्ल अध्यक्ष सहित १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
त्यस्तै अनेरास्ववियु बाँकेको जिल्ला कमिटिको उपाध्यक्षमा खगराज रोकाया, सचिबमा ईन्द्र बहादुर बस्नेत , सह सचिबमा नब राज बम, भरत खनाल र दमन बुढा र काेषध्यक्षमा अमृत खत्री लाई चयन भएका छन्।
नेकपा एमालेका नेता रत्न खत्रीको उपस्थितिमा सम्पन्न भेलामा अनेरास्ववियु बाँकेलाई एक ढिक्का बनाएर लैजान विद्यार्थी टेकेन्द्र मल्लको टिमले कार्य गर्ने बिश्वास लिएको बताएका छन् ।