श्रीमतीको हत्यापछि गहना र पैसा लिएर भाग्न खोज्दा समातिए सन्तोष

काठमाडौँ । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा सोमबार भएको हत्यापछि आरोपितले मृतकसँग भएको पैसा र सुनका गहना लिएर लिएर भाग्न खोज्दा समातिएको प्रहरीले जनाएको छ ।

सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठको हत्यापछि उनको साथमा रहेको सुन र पैसा लिएर बोरामा शव हालेर व्यवस्थापन गर्न खोजेका थिए। गाडीको व्यवस्थापन गर्ने क्रममा उनका भाई तेजले बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

प्रहरीले सन्तोषलाई मंगलबार साँझ पक्राउ गरेको हो । उनको साथबाट श्रीमतीले लगाएका सुन र ११ हजार रुपैयाँ नगद बरामद भएको छ। प्रहरीका अनुसार जोरपाटीस्थित माइतीमा बस्दै आएकी सन्तोषी सोमबार बिहान सहकारीको किस्ता तिर्न २३ हजार रुपैयाँ लिएर गएकी थिइन्।

प्रहरीले त्यस दिन बिहान ८ बजे सन्तोषीको हत्या गरेको तर शव व्यवस्थापन गर्न गाडी खोज्दा साँझसम्म कुर्नुपरेको थियो । उनले ट्याक्सी चालकहरुलाई कीर्तिपुरमा सामान पुर्‍याउनु छ भन्दै सम्पर्क गरेका थिए । सन्तोषीको टाउकोमा उनले हम्मरले हानेको खुलेको छ ।

लकडाउनदेखि सन्तोषी १० वर्षीय छोरासहित माइतीमै बस्दै आएकी थिइन्। उनले श्रीमान सन्तोषसँग पटकपटक डिभोर्स मागेकी थिइन् । तर सन्तोषले अस्वीकार गर्दै आएका थिए। बौद्ध प्रहरी वृत्तमा दुवै जनाको विवादबारे छलफल समेत भएको थियो।

हेटौँडा स्थायी घर भएका सन्तोष र रामेछाप स्थायी घर भएकी सन्तोषीबीच ११ वर्षअघि प्रेम विवाह भएको थियो। सन्तोष लागुऔषध प्रयोग गर्दै आएका थिए । उनी लागुऔषधसहित एक वर्ष जेलसमेत बसेका थिए।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.