नेपालगन्ज : प्रहरी बनाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एक जना ब्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
प्रहरी बनाइदिने भन्दै दुई जनाबाट ६ लाख रुपैयाँ असुल्ने राप्तीसोनारी गाउँपालिका-६ बस्ने आशिष मल्ल ठकुरीलाई आज जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ।
आफुलाई सामाजिक अभियन्ता बताउने ठकुरीले सल्यानका भिम बहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।
पिडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारी-६ बाट पक्राउ गरि ल्याइएको एसपी रानाले बताउनुभयो ।
एसपी रानाले ठकुरीले पीडितबाट एक पटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमई मार्फत बुझेको बताउनुभयो । पक्राउ परेका ठकुरीबाट पीडितको पैसा समेत असुलउपर गरि ठगी मुद्दा चलाइने एसपी रानाले बताउनुभयो ।
जति सुकै ठुलो पावर लगाएपनि जसरी पनि ठकुरीलाई कारबाहीको प्रक्रिया अघि बढाइने एसपी रानाको बताउनुभयो । एसपी रानाले ठकुरीलाई ठगी मुद्दा चलाई एक बर्ष कैद सजायको माग राखिने बताउनुभयो ।
पिडितले पटक पटक पैसा फिर्ता गर्न आग्रह गर्दा समेत ठकुरीले उल्टै धम्की दिने र पैसा फिर्ता नगरेपछि उजुरी दिएको एसपी रानाले बताउनुभयो ।