मिस मकवानपुर सिजन-३ सौन्दर्य प्रतियोगिता हेटौँडामा हुँदै

हेटौंडा, २६ फागुन । हेटौंडामा मिस मकवानपुर सिजन (३ सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै कलिउड सुपर डान्स एन्ड फिटनेस प्राली एवम स्पाक्लिङ्ग सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन (३ हेटौंडामा हुने आयोजकले जनाएको छ ।

स्पाक्लिङ्ग सिजद्वारा मिस मकवानपुर २०१८ एवम् कलिउड सुपर डान्स एन्ड फिटनेस द्वारा आयोजित मिस कलिउड २०१९ भब्यताका साथ सफल भएपछि दुवै संस्थाको सयुक्त आयोजना मिस मकवानपुर सिजन (३ प्रतियोगिता आयोजना गरिने कलिउड सुपर डान्स एन्ड फिट्नेस प्रालिका संचालक सुजन श्रेष्ठले बताए । प्रतियोगिता आगामि जेष्ठबाट अडिसन सुरु भई भदौ सम्म फाईनल प्रतियोगिता सम्पन्न गरिने संचालक श्रेष्ठले बताए ।

 

प्रतियोगिताको उपाधि बिजेताले चादीको ताज र नगत एक लाख रुपैया तथा विभिन्न पुरस्कार प्राप्त गर्नेछ्न ।भने उपबिजेताले नगद ५० हजार सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछ्न । यस्तै तृतीय हुनेले नगद २५ हजार सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछ्न भने भ्युवर्स च्वाईसले नगद २० हजार रुपैया प्राप्त गर्नेछन ।

प्रतियोगितामा सहभागीता जनाउन १६ बर्ष पूरा भई २८ बर्ष ननाघेको अविवाहित नेपाली नागरिक हुनुपर्ने बताईएको छ ।यस्तै सहभागीको उचाई ५ फिट हुनुपर्ने छ भने शैक्षिक योग्यता एसईई उत्रिण हुनुपर्ने प्रावधान रहेको छ । प्रतियोगितामा करिब २८ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।

 

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.