बाँके प्रहरीले कटुवा पेस्तोल सहित दुईजना पक्राउ ।

जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको विशेष टोलि कटुवा पेस्तोल सहित दुई जना पक्राउ । नेपालगंज उपमहानगरपालिका वडा नं.१ तेजनगरमा अबैध हतियारको कारोबारो भईरहेको छ भन्ने सुचनाको आधारमा तत्काल जिल्ला प्रहरी कार्यालयको टोली उक्त स्थामा जाँदा तेजनगर सडक खण्डमा जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.१० बस्ने बर्ष २४ को कृष्ण चौधरी र नजिकै उभिएका जिल्ला बाँके ने.ग.उ.म.न.पा. वडा नं.१ बस्ने प्रेम कुमार बहेलिया लाई तलासी गर्दा कृष्ण चौधरी ले बायाँ कम्मरको बेल्डमा च्यापी लुकाई राखेको कटुवा पेस्तोल थान १ फेला पारी बरामद गरी निज कृष्ण चौधरी र संगै रहेका प्रेम कुमार बहेलिया लाई पक्राउ गरि आवश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक ओम राना ज्युले जानकारी गराउनु भएको छ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.