टिकटकमा आजभोली सानुमायाँको भिडियोहरु निकै नै रुचाईन थालिएको छ । बास्तविक नाम भावना आचार्य भएकी १३० केजीकी सानुमायाँको नृत्यलाई दर्शकहरुले मन पराई रहेका छन । मोटो शरिर भएर पनि लचकता सङ्ग नृत्य गर्न सक्छिन उनि । कैलालीको सहजपुरमा जन्मेकी उनि अहिले टिकापुरमा बस्ने गरेकी छिन । केहि बर्ष पहिले सम्म आफ्नो तौल समान्य भएको र अहिले यस्तो हुदाँ आफै अचम्मित भएको उनि बताउछिन । शरिर मोटो भएपनि आफुलाई नराम्रो नलागेको उनको भनाई छ । यहि मोटो शरिरले आफुलाई देश तथा बिदेश सम्म चिनाएको छ, उनि भन्छिन तर टिकटकमा आउने नराम्रा कमेन्टहरुले कहिले काहि चित्त दुख्ने गरेको उनि बताऊछिन । सानु मायाँको एउटि छोरी छिन भने उनि श्रिमान संग अलग भएर बसेकि छिन । कोठा नजिकै सानु मायाँले कस्मेटिकको पसल राखेकि छिन । दिनभर पसलमा बसि ब्यापार गर्ने सानुले बिहान बेलुकाको समयमा टिकटक बनाउने गरेकी छिन । कहि कतै नृत्य नसिकेकी सानुमायाँले आफुले त्यतिकै नाच्दा पनि दर्शकहरुले मन पराएको र मायाँ गरेको हुदा अब मेहेनत गर्ने बताएकी छिन । टिकटकमा अहिले सानुमायाँको २ लाख बढि फलोअरस् छन भने उनको धेरै भिडियोहरुले मिलियन भिउज पाएका छन ।
प्रस्तुत छ उनै भाईरल टिकटक स्टार सानुमायाँ संग गरिएको कुराकानी –(भिडियो)