बाँके ट्राफिकले मापदण्ड बिपरित ओभर लोड नदिजन्य पदार्थ ल्याउने सवारी कार्वाही

फाल्गुन १५ गते
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक मापदण्ड बिपरित ओभर लोड गरेर
बालुवा ल्याउने ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर जरिवाना कार्वाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको कडा निर्देशनमा मातहतमा रहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राले मापदण्ड बिपरित राप्ती नदीबाट क्षमता भन्दा बढी नदिजन्य पदार्थ बोक्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिई ओभर लोड भएको माल अनलोड गर्न लगाएको छ। फेरि पनि ट्राफिक नियम उल्लंघन गर्दै मापदण्ड बिपरित नदिजन्य पदार्थ ओभर लोड बोकेको पाईएमा चालकलाई समेत कडा कार्वाही गर्न कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालयको मातहत फुल्टेक्रा पोस्टका इन्चार्ज दमन सेन ज्युले जानकारी गराउनु भएको छ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.