फाल्गुन १५ गते बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले सचेतनामूलक कार्यक्रम संचालन गरेको छ। बर्दियाको बढैयाताल गा.पा.वडा ०८ स्थित श्री भगवती संस्कृत तथा साधारण मा.बि.मा अध्ययनरत ७०० जना बिध्धार्थीहरुलाई ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्र.ना.नि.लोकेन्द्र बहादुर मल्ल सहितको टोलीले सवारी दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सावधानी तथा ट्राफिक नियम सम्बन्धी बिबिध बिषयहरुमा प्रशिक्षण कार्यक्रम गर्नुका साथै ट्राफिक चेतनामुलक पर्चा,पम्पलेटहरु समेत बितरण गरी सडकको सहि प्रयोग गर्ने तरिकाको बारेमा समेत अभ्यास गराएको ट्राफिक प्रहरी नायब निरीक्षक मल्लले जानकारी गराउनु भएको छ ।
बर्दिया ट्राफिक प्रहरीले दुर्घटनाबाट बच्न अपनाउने सावधानी बारेमा प्रत्येक बिधालयमा प्रशिक्षण कार्यक्रम
