बाँके १५ फाल्गुन विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष पुष्पमकल दाहालले एक अन्तरवार्तामा दिएको अभिव्यक्तिलाई लिएर नेकपा ओली समूहनिकट अनेरास्ववियू बाँकेले आपत्ति जनाएको छ । अनेरास्ववियू बाँकेका सयोजक तथा केन्द्रीय सदस्य टेकेन्द्र मल्लको नेतृत्वमा आज कार्यकर्ताहरुले नेपालगन्जको वि.पि चोक मा प्रदर्शन गर्दै प्रचण्डको अभिव्यक्तिको विरोध गरेका हुन् ।
प्रदर्शनका क्रममा ‘प्रचण्डको नेपाली नागरिकता खारेज गर, भारत कम्फर्ट सरकार नेपालीलाई होइन दलालहरुलाई चाहिएको हो, ओली बोल्दा भारत रिसाउने प्रचण्डको काम भारत रिझाउने जस्ता प्लेकार्ड सहभागीले बोकेका थिए ।