चलचित्र ‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक

काठमाडौं, २७ माघ । चलचित्र ‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता सौगात मल्ललाई मात्र देखाइएको छ ।चलचित्र ‘लप्पन छप्पन २’ को टिजरमा सौगातलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई मुकुन्द भट्टले निर्माण तथा निर्देशन गरेका हुन् ।

यो चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका छन्, भने मिलन श्रेष्ठको सम्पादन, मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माको पटकथा, मुकुन्द भट्ट र सुनिल न्यूरेको संवाद छ ।

यो चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, सरिता गिरी, एन्जल श्रेष्ठ, कार्लिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.