उपत्यकाका सबै प्रहरीलाई स्ट्यान्डबाइ रहन आदेश, दुई दिन १० हजार प्रहरी खटाइने

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव समूहले भोली आह्वान गरेको देशब्यापी आमहड्तालमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न प्रहरीले काठमाडौं उपत्यकामा रहेको आफ्नो सम्पुर्ण जनशक्तिलाई स्ट्यान्डबाइ रहन निर्देशन दिएको छ ।
भोली हुने प्रचण्ड–माधवको आमहड्ताल र शुक्रबार हुने ओली पक्षको आमसभाका लागि उपत्यकामा मात्रै १० हजार जनशक्ति खटाइने प्रहरी प्रधानकार्यालयको तयारी छ ।

भोली बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि एसपीदेखि जवानसम्मलाई चुस्त पोशाकमा आ–आफ्नो कार्यालयबाट तुरुन्त परिचालन हुन सक्ने गरी स्ट्यान्डबाइ रहन प्रधानकार्यालयले निर्देशन दिएको हो । उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका कर्मचारीलाई २४ घन्टे ड्युटीमा खटाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई निषेधित क्षेत्र तोड्ने प्रदर्शनकारीलाई घुँडामुनि गोली हान्ने अधिकार दिएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंको सुरक्षा व्यवस्थापनमा कुनै कमी नहुने बताए ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.