पाकिस्तानमा सडक दुर्घटना, १४ जनाको मृत्यु

इस्लामाबाद, २० माघ । पाकिस्तानको दक्षिणपश्च्मि बलोचिस्तान प्रान्तमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा अरु नौ जना गम्भीर घाइते भएका छन् । दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो ।

घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ । -रासस\सिन्ह्वा

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.