आज नेप्से ६५ दशमलव ४९ अङ्कले बढ्यो

भिडियो
आज नेप्से ६५ दशमलव ४९ अङ्कले बढ्यो
प्रकाशित मिति : Feb 02, 2021
काठमाडौं, २० माघ । आज साताको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से ६५ दशमलव ४९ अङ्कले बढेर २४ सय ७३ दशमलव ७३ विन्दुमा पुगेको छ ।आज दुई सय कम्पनीका एक करोड ५४ लाख ९९ हजार कित्ता शेयर आठ अर्ब ६७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज होटलबाहेक १६ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । ओरियन्टल होटलका शेयरधनीले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

बैंक, जलविद्युत् र होटल समूहको शेयर ३३ अङ्कले, निर्जीवन बीमा कम्पनीको शेयर ६ सय २६ अङ्कले, उत्पादनको ६१, अन्यको ८०, माइक्रोफाइनान्सको १ सय ५२ र जीवन बीमा समूहको शेयर ५ सय ५२ अङ्कले बढेको छ ।

 

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.