वैदेशिक रोजगारीको क्रममा विदेशमा सिकेको सीपले स्वदेशमा आत्मनिर्भर बन्दै।

कपिलवस्तु:= करिब एक दशक वैदेशिक अनुभवलाई स्वादेशमै प्रयोग गर्दै कपिलवस्तुका एक युवा आफ्नै व्यवसाय सञ्चालन गरेका छन् । थारु समुदायको सामान्य परिवारका ३६ बर्षिय दलराम चौधरी एक दशक विदेशको बसाई पछि नेपाल फर्किएका युवा आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भनेर पसल सञ्चालन गरेका हुन् ।

सधैंभरि विदेश बसेर मात्रै नहुने रहेछ भन्दै जिल्लाको बाणगंगा–१, चार नम्बर जितपुरमा बाणगंगा थ्रिदि एण्ड पिभिसी सिलिङवाल डेकोरेट सप्लायर्स विधिवत रुपमा शुक्रबारदेखि संञ्चालनमा ल्याएको उनले बताए । आफ्नै सुन्दरनगरी जितपुरमै पहिलो पटक यो व्यावसाय सञ्चालन गरेको व्यवस्थापक चौधरीले जानकारी दिए ।

आफूले विदेशमा गरे जति दुःख स्वदेशमै गर्ने हो भने नेपालमै सुन फलाउन सकिन्छ भन्ने उखान जोड्दै यस क्षेत्रमै नभएको सीप आफु भित्र रहेर पनि खुम्चिनु भन्दा बाहिर आएर गर्दा आत्मनिर्भर हुनुका साथै सन्तुष्टि मिल्ने समेत व्यवस्थापक चौधरीले बताए । मान्छेलाई जति कमाएर पनि नपुग्ने रहेछ आफूसँग जे–जति छ त्यसमै खुसी हुनुपर्छ भन्दै घरपरिवारसँग बसेर धेरैको साटो थोरै कमाए पनि जीवन सुखमय बनाउन आफै लाग्नुपर्ने चौधरीले जनाए । सञ्चालन गरेको पसलबाट ग्राहकलाई घरको दिवालमा पोष्टर र प्रन्टिबाट घर वा कोठा सजाउने व्यवस्था रहेको समेत सञ्चालक चौधरीले बताए ।

हाल उनकी श्रीमती, एक छोरा छोरी सहित चार परिवार रहेको चौधरीको दैनिकी पसलले चल्ने उनले जनाए । उनले भने “दुबई, कतार र मलेसिया गरि एक दशकको वैदेशिक अनुभव र सीप लाई यहाँ नीर सदुपयोग गर्दैछु ।“

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.