ला लिगा : रियल म्याड्रिड लेभान्टेसँग पराजित

एजेन्सी, १८ माघ । स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिड लेभान्टेसँग पराजित भएको छ । गएराति भएको खेलमा रियल म्याड्रिड लेभान्टेसँग २ १ ले पराजित भएको हो ।

रियलका मार्को एसेन्सेसियाले सुरुआती गोल गरेर रियललाई अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन । खेलको १३ औं मिनेटमा मार्को एसेन्स्यिाले गोल गर्दै रियललाई अग्रता दिलाएक थिए ।

 

पहिलो हाफको ३२ औं मिनेटमा जोज लुइिसले गोल गरेपछि लेभान्टेले रियलसँग बराबरी गरेको थियो। यससँगै पहिलो हाफको खेल १–१ गोलको बराबरीमा रोकियो।

दोस्रो हाफको ६२औं मिनेटमा रियलका भिनिसियसले बक्सभित्र लेभान्टेका खेलाडीमाथि फाउल गरेपछि पाहुना टिमले पेनाल्टीको अवसर पाएको थियो ।

तर, पेनाल्टी प्रहारलाई गोलकिपर थियाबट कोउर्टोइसले बचाएपछि खेल फेरि बराबरीमै चलेको थियो । ७८औं मिनेटमा लेभान्टेका रोजर मार्टिले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाए ।

यससँगै खेल लेभान्टेले आफ्नो पोल्टामा पार्‍यो । तर खेलको नवौं मिनेटमै रियलका एइडर मिलिटाओले रातो कार्ड पाएपछि रियल दबाबमा आएको थियो ।

हारका बाबजुद रियल अंकतालिकाको दोस्रो स्थानमा छ । २० खेलबाट २२ अंक बनाएको रियल शीर्षस्थानमा एट्लेटिको भन्दा ७ अंकले पछि छ । रियलको भन्दा एट्लेटिकोले २ खेल कम खेलेको छ

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.