भारतमा २४ घण्टामा १३ हजार ६५ जनामा संक्रमण, १२८ को मृत्यु

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ३१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ३१२ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १३ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख ४७ हजार ९१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख २२ हजार १०९ जना संक्रमणमुक्त भएका छन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.