भारतमा २४ घण्टामा १२ हजार ५१६ जनामा संक्रमण, १२९ को मृत्यु

काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख ३३ हजार ४८७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख ७ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.