सुरक्षित इन्टरनेट दिवस २०२१ नेपालमा पनि मनाइने

काठमाडौं, १५ माघ । बालबालिका र युवाका लागि इन्टरनेट सुरक्षित बनाउने उद्धेश्यसहित यस वर्ष ९ फेब्रुवरीमा (माघ २७ गते) सुरक्षित इन्टरनेट दिवस २०२१ नेपालमा र १७० भन्दा बढी देशहरूमा मनाइदैछ ।हरेक वर्ष मनाइने यस दिवसले बालबालिका र युवाहरूका लागि अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन र बालबालिकासँग काम गरिरहेका संस्थाहरूबीच सहकार्य र समन्वय प्रवद्र्धन गर्नका लागि सहयोग पु¥यानेछ ।

बालबालिका र युवाका लागि अनलाइन दुव्र्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसंग सहकार्य र समन्वय गर्दै आएकोछ ।

चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीका अनुसार नेपालमा सुरक्षित इन्टरनेट दिवस २०२१ मनाउनका लागि राष्ट्रिय समन्वय समिति गठन गरिएको छ । यस समितिको सचिवालयको भूमिका चाइल्डसेफनेटले निर्वाह गरेको छ र अन्य समितिका सदस्यहरुमा नेपाल प्रहरी साइबर ब्यूरो, युनिसेफ, प्लान इन्टरनेशनल नेपाल, युवालय, सिविन नेपाल, साथी, एक्शनएड नेपाल, वेदः सिर्जनशील संस्था, लू निभा चिल्ड कन्सर्न ग्रूप, छाता संगठन नेपाल र बाल वातावरण केन्द्र समिति
रहेका छन्।

रघुवंशीले भने, “यस दिवसले बालबालिका र युवाको लागि अनलाईनमा सुरक्षित राख्न परिवार, स्कूल, प्रहरी, सरकारी निकाय, निजी क्षेत्र, मिडिया, संघसंस्था र अन्य सरोकारवालासंग सहकार्य गर्न तथा साइबर सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने अवसर प्रदान गर्दछ ।”

सुरक्षित ईन्टरनेटबारे सचेतना जगाउन बालबालिकाको लागि काम गर्ने संघसंस्थाहरुले अपिल भिडियो, पोडकास्ट, यूट्यूब भ्लग, सोशल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री मैत्री संचार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाएका छन्। यसका साथै साइबर सुरक्षाबारे प्रशिक्षण, प्यानल छलफलहरू पनि संचालन हुनेछन्।

९ फेब्रुवरीका दिन सुरक्षित इन्टरनेट दिवसको मुख्य कार्यक्रम आयोजना गरिनेछ र साइबर सुरक्षाबारे अन्य कार्यक्रमहरु वर्षभरी सञ्चालन गरिने जनाइएको छ ।

सुरक्षित इन्टरनेट दिवसका कार्यक्रमहरुमा सहभागी हुन र सहयोग गर्न राष्ट्रिय समन्वय समितिको तर्फबाट चाइल्डसेनेटले बालबालिका, युवा, अभिभावक, स्कूल, कलेज, सरकार, प्रहरी, कानून व्यवसायीहरू, निजी क्षेत्र, राष्ट्रिय र अन्तरराष्ट्रिय
गैरसरकारी संस्थाहरु, संयुक्त राष्ट्र संघीय संस्थाहरू, मिडिया र अन्य जिम्मेवार निकायसँग आह्वान गरको छ

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.